परिचय


फियान नेपाल खाद्य अधिकारको सुनिश्चिता र प्रत्याभूतिको लागि प्रवर्धन, वकालत तथा पैरवी गर्ने उद्देश्यकासाथ स्थापित सदस्यतामा आधारीत मानव अधिकारवादि संस्था हो । यसको कुनै पनि राजनैतिक तथा धार्मिक संलग्नता छैन । सन् २००८ मा काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा नाफा रहित गैर सरकारी संस्थाको रुपमा दर्ता भई औपचारिक मान्यता प्राप्त गरेको फियान नेपालले सन् २००९ मा फियान इन्टरनेशनलको शाखाको रुपमा मान्यता प्राप्त गरेको छ ।

पर्याप्त खाद्य तथा पोषणको अधिकार र भोकमरीबाट मुक्त हुन पाउने जस्ता मौलिक मानव अधिकार आर्थिक, समाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी अन्तराष्ट्रिय अभिसन्धि १९६६ र अन्य धेरै मानव अधिकार सम्बन्धी अन्तराष्ट्रिय घोषणा पत्रहरुले पनि स्वीकार गरेको छ ।

नेपालमा गरिबी र भोकमरीको कारण अपर्याप्त खाद्य उत्पादन मात्र नभई संस्थागत रुपमा सीमान्तीकरण र समाजीक बहिष्करण पनि हो, जस्ले निमुखा मानिसहरु प्राकृतिक तथा उत्पादनशील स्रोतको उपभोगबाट बञ्चित हुने गर्छन् । यस्ता क्रियाकलापहरुका कारण ती मानिसहरु सम्मान पुर्वक आफु र आफ्नो परिवारको खाद्यान्नको न्युनतम आवश्यकता परिपुर्ती गर्न असफल हुन्छन् । त्यसैले फियान नेपाल सबै सीमान्तकृत समुदायहरुको स्वास्थ जीवनयापनका लागि सांस्कृतिक रुपमा स्वीकार्य पर्याप्त र पोषणयुक्त खाद्य अधिकार सुनिश्चितताको लागि समान हक, अधिकार, अवसरमा पहुँच स्थापित गर्न प्रतिबद्ध र कार्यरत संस्था हो ।

Latest News




© Copyright 2008 - 2024 FIAN Nepal